arrow

साफ च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
nepal-maldivies.jpg
फाइल तस्बिर

काठमाडौँ । यहाँ जारी यू-१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि आज नेपालले भारतको सामना गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज साझ ५:३० बजे हुने खेलमा समूह ‘बी’को विजेता भारत र समूह ‘ए’को उपविजेता नेपाल आमने-सामने हुँदैछन् । 

समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई ४-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने भारतले भुटानलाई २-१ को अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
 
यसैगरी आजै हुने पहिलो सेमिफाइनल खेलमा पाकिस्तान र भुटान आमने-सामने हुनेछन् । उक्त खेल दिउँसो १:३० बजे हुनेछ । पाकिस्तान समूह ‘ए’को विजेता र भुटान समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल पुगेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ