arrow

हाइड्रोजनबाट भारतले चलायो बस

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
hydrogen-bus-india.JPG

काठमाडौं ।  भारतले हाइड्रोजनबाट चल्ने बस सञ्चालनमा ल्याएको छ ।  

दिल्लीमा देशकै पहिलो हरित हाइड्रोजन फ्यूल सेल बस सञ्चालनमा आएको हो ।  

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रीले बस सेवाको उद्घाटन गरेका छन् ।  

फ्यूल सेलले हाइड्रोजन र हावाको प्रयोग गरेर बस चलाउन बिजुली उत्पादन गर्छ । 

डिजेल र पेट्रोलबाट चल्ने परम्परागत बसहरूको तुलनामा यो पर्यावरण अनुकूलन हुने विश्वास रहेको छ । 

यस वर्षको अन्त्य सम्ममा दिल्लीमा १५ वटा बस सञ्चालन हुने अपेक्षा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ