arrow

स्वास्थ्यमन्त्रीले भने- चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ, काममा फर्कनुस्

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
mohan basnet.jpg

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने भन्दै काममा फर्कन चिकित्सकहरूलाई आग्रह गरेका छन् । चितवन पुगेका स्वास्थ्यमन्त्रीले यस्तो आग्रह गरेका हुन् । 

उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए । उनले भने, “दिन प्रतिदिन दुःखद घटना भएका छन् । यो खेदजनक छ । यसका बारेमा पटक-पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबीच छलफल भइरहेको छ ।” 

गृह मन्त्रालयले शान्ति सुरक्षाको प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको भन्दै उनले चिकित्सकहरूलाई काममा फर्कन अनुरोधसमेत गरे । उनले थपे, “हाम्रो ऐनमा उल्लेख भएका स्वास्थ्यसम्बन्धी सुरक्षाका विषयलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्ने र आगामी दिनमा यस्ता घटना नहुन् भनेर सबै सक्रिय रहने विषयमा छलफल भएको छ । चिकित्सकहरूलाई काममा फर्कन अनुरोध गर्दछु ।”

यता चिकित्सकहरूमाथि भएको आक्रमणलाई लिएर देशभरका चिकित्सक आन्दोलनमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ