arrow

कैलाश ढुङ्गेलको प्यानललाई ओलीको ढाडस

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
kp-sharma-oli-2080-06-08.jpg
तस्बिर : फाइल

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा कैलाश ढुङ्गेलको नेतृत्वमा प्यानल बनेपछि एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले आपत्ति जनाएका छन्। प्यानल बनाएमा कारबाही गर्छु भन्दै कर्णाली प्रदेशको अधिवेशन उद्घाटन गर्न पुगेका ओलीले बाग्मतीमा कैलाशको सम्भावना निकै कमजोर हुँदा पनि उनलाई नै अध्यक्ष बनाउन लागि परेपछि बाँस्कोटाल सामाजिक सञ्जालमै असन्तुष्टि जनाएका छन्।

विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरू माथि सबैभन्दा धेरै धोका भएको भन्दै उनीहरूले गुनासो गरिरहेका बेला सिन्धुपाल्चोकका एमाले नेता सुवास कर्माचार्यलाई सचिन दिने षडयन्त्र गरेको भन्दै बाँस्कोटाले निर्वाचनको सङ्केत गरेका छन्। पछिल्लो समय माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादीबाट एमालेमा प्रवेश गरेका सुवास कर्माचार्यको व्यवस्थापनमा पार्टीको नेतृत्वले दिएको आश्वासन कार्यान्वयन नगर्ने सम्भावना बढेको र त्यसमा महासचिव शङ्कर पोखरेल समेत लागेपछि बाँस्कोटा त्यस विरुद्ध मैदानमा कम्मर कसेर लागेका छन्।

बागमती प्रदेशमा सुवासको व्यवस्थापन गर्ने पूर्व सहमति अनुसार सिन्धुपाल्चोकका समाजवादीका नेता कार्यकर्ता सबै लिएर सुवास एमाले प्रवेश गरेका थिए। सुवासलाई एमाले प्रवेश गराउने महासचिव शङ्कर पोखरेल लगायतका नेताहरू जिल्लामै पुगेका थिए। तर पार्टी प्रवेश गराउनु अघि गरेको प्रतिबद्धता बिर्सिएर एमाले नेतृत्वले सुवासमाथि धोका दिन खोजेको छ।

एमाले बागमती प्रदेशको अधिवेशनको अध्यक्ष मण्डलका सदस्य समेत रहेका बाँस्कोटाले सामाजिक सञ्जाल मार्फत विगतमा झुट बोल्नुलाई कला मानिने भए पनि अहिलेको खुला समाजमा जाली कुरा मानिने भन्दै असन्तुष्टि जनाएका छन्। ‘राजनीतिमा पुरा गर्न नसकिने आश्वासन कसैले कसैलाई नदिएकै राम्रो। कुनै समय त्यो कला मानिन्थ्यो होला। तर आजको खुल्ला समाजमा त्यो जाली कुरा मानिन्छ। बरु तत्काल रिस उठे पनि हाकाहाकी पन नै ठिक लाग्छ ओ ! बिछट्टै !’

अहिले पार्टीको हेडक्वार्टरले अध्यक्ष केपी ओलीको निर्देशन भन्दै कैलाश ढुङ्गेलको नाममा प्यानल निर्माण गरिरहेको छ। ओलीले उद्घाटनको क्रममा प्यानल नबनाउन निर्देशन दिएका थिए। लुम्बिनीमा पनि महासचिव निकटका हरि रिजालले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धा गरेका थिए। उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेता मैदानमै निस्किएर रिजालका लागि मत माग्दा पनि उनले चुनाव हारेका थिए। एमालेको बागमती अधिवेशन जारी छ।

मङ्गलवारबाट निर्वाचनका कार्यक्रम भए पनि बिहीबार मात्रै निर्वाचन गरिने भएको छ। ढुङ्गेल हार्ने अवस्था भएपछि निर्वाचनको कार्यक्रम नै दुई दिन पछि सारिएको थियो। अहिलेसम्म अध्यक्षमा टुङ्गो लागिसकेको छैन। अध्यक्षमा ढुङ्गेलका अतिरिक्त कृष्ण प्रसाद दाहाल कृष्णभक्त पोखरेलको दाबी छ। रामेछापबाट पटक पटक संसदीय निर्वाचनमा पराजय भोगेका ढुंगलले राजनीतिक रूपमा अवसर प्राप्त गर्ने कुशल खेलाडी पनि हुन। उनलाई यस पटक जसरी पनि प्रदेश अध्यक्ष बनाउने ओलीको ध्यान भए पनि सम्भावना निकै कमजोर रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ