arrow

टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ११ बिहिबार
table tenis.jpg

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिसतर्फ आज भएको खेलमा नेपालका सिक्का सुवाल श्रेष्ठ र नविता श्रेष्ठ पराजित भएका छन् । 

गोन्सु क्यानल स्पोर्टस् सेन्टरमा महिला एकलतर्फ नेपालकी सिक्का जापानी खेलाडी मियु हिरानोसँग ४-a० को सोझो सेटमा पराजित भइन् । 

उक्त खेल जापानी  खेलाडी हिरोनोले ११-७, ११-१, ११-४ र ११-५ अंकले जितिन् । 

यसैगरी महिला एकलतर्फ नै नेपालकी नविता श्रेष्ठ भारतीय खेलाडी मनिका बात्रासित ४-० सोझो सेटमै पराजित भइन् । 

नविताले उक्त खेल ५-११, ४-११, ३-११ र २-११ अंकले गुमाइन् । 

यस्तै महिला डबल्सतर्फ पनि सिक्का र नविताको जोडी चीनका यिदी वाङ्ग र मेङ्ग चेनको जोडीसित ३-० को सोझो सटमा पराजित भयो । 

सिक्का र नविताले उक्त खेल ३-११, ४-११ र १-११ अंकले गुमाउन पुगे । 

यसअघि नेपाली टोली पुरुष एकल, पुरुष डबल्स र मिक्स डबल्समा पनि पराजित भइसकेको छ । 

अब नेपालले टिम स्पर्धामा प्रतिस्पर्धा गर्न बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ