arrow

मुख्यमन्त्रीको घरमा आक्रमणको प्रयास, बढाइयो सुरक्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १२ शुक्रबार
n-biren-sing-house.jpg

काठमाडौं । भारतको मणिपुरका मुख्यमन्त्रीको घरमा आक्रमणको प्रयास भएको छ । 

मुख्यमन्त्री एन बिरेन सिंहको निजी घरमा आक्रमण गर्न प्रदर्शनकारीको समूह घर अगाडि पुगेको हो ।

मणिपुरमा चार दिनदेखि बेपत्ता दुई विद्यार्थीको हत्याको विरोधमा प्रदर्शन भइरहेको छ । 

बिहीबार आक्रोशित भीड मुख्यमन्त्री सिंहको निजी घरमा आक्रमण गर्न इम्फाल पुगेका थिए।

 तर, प्रहरीले उनीहरूलाई घरभन्दा करिब ५०० मिटर अगाडि रोकेको छ । 

अश्रुग्याँस प्रहार गरी उनीहरूलाई भगाएको छ। अहिले मुख्यमन्त्रीको घरको सुरक्षा बढाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ