arrow

न्युयोर्कमा ८० वर्ष पछि सबैभन्दा धेरै वर्षा, आपत्कालको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १३ शनिबार
new-york-usa-rail-fall-2023-2080.jpg

न्युयोर्क। भारी वर्षाले न्युयोर्कमा बाढीको अवस्था सिर्जना भएको छ। शुक्रवार देखी परेको पानी पछिल्लो दशकमा एकै दिनमा भएको सबैभन्दा बढी हो। सहरका धेरै सब वे र रेल लाइनहरू बाढीले डुबानमा परेका छन् भने सामान्य जनजीवन नराम्ररी प्रभावित भएको छ। सहरका धेरै तल्लो क्षेत्र पानीले भरिएका छन्।

न्युयोर्कको लागार्डिया एयरपोर्टको टर्मिनल पनि बन्द गर्नु परेको छ। न्यूयोर्कको ब्रुकलिनमा करिब ७ इन्च पानी परेको अमेरिकी मौसमविद्हरूले बताएका छन्। केही स्थानमा एक घण्टामा साढे दुई इन्च पानी परेको थियो। जोन एफ केनेडी एयरपोर्ट क्षेत्रमा करिब आठ इन्च वर्षा भयो, जुन सेप्टेम्बर महिनाको रेकर्ड वर्षा हो।

यसअघि सन् १९६० मा डोना चक्रवातमा यति धेरै वर्षा भएको थियो। दुई वर्षअघि चक्रवाती आँधी इडाका कारण उत्तर पूर्वी क्षेत्रमा भारी वर्षाका कारण करिब १३ जनाको ज्यान गएको थियो। वर्षाका कारण अहिलेसम्म कुनै मानवीय क्षतिको खबर नआए पनि यसले जनताका दुई वर्ष पुरानो डरलाग्दो सम्झना पक्कै ताजा बनाएको छ।

न्यूयोर्कका गभर्नर र मेयरले आपत्कालको घोषणा गरेका छन् र मानिसहरूलाई प्रभावित क्षेत्रहरूबाट टाढा रहन अपिल गरेका छन्। भारी वर्षाका कारण म्यानहट्टनबाट जाने मेट्रो–उत्तर रेलमार्ग बन्द गर्नु परे पनि साँझबाट पुनः सञ्चालनमा आएको थियो। सडकमा पानी जमेकाले सार्वजनिक यातायात पनि ठप्प भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ