arrow

काठमाडौं मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
kmc-hosptial-doctors-protest-2023-2080.jpg

काठमाडौं। सिनामङगलस्थित काठमाडौं मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । 

उक्त अस्पतालका डा मनिष खड्कामाथि हातपात गरेको आरोपमा गुल्मी जिल्ला घर भई हाल काठमाडौं महानगरपालिका चाबहिल बस्ने २२ वर्षीय रूपक गौतम तथा गुल्मी घर भई हाल सिनामङगल बस्ने ३४ सरोज गौतम रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

आज दिउँसो करिब १ बजे ओपिडीमा डा खड्कामाथि हात पात भएपछि त्यहाँ कार्यरत सम्पूर्ण चिकित्सक अस्पतालको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका थिए ।

शनिवार मात्र सरकार र स्वास्थ्यकर्मी बीच भएको सहमति २४ घण्टा नबित्दै सिनामङ्गलस्थित स्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) का  स्वास्थ्यकर्मीमाथि कुटपिट भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ