- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले प्रणाली बदल्ने जरुरी नरहेको बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको विरुद्धमा कुरा भएको भए त्यसबाट सचेत रहनुपर्ने बताए ।
प्रणाली बदल्ने जरुरी नरहेको र बरु प्रणाली बलियो बनाउन संविधानमा थप संशोधन गर्न जरुरी रहेको बताए ।
उनले भारतको अहिंसात्मक आन्दोलनमा महात्मा गान्धीसँगै नेपालीहरूले पनि भारत स्वतन्त्र हुनका लागि आन्दोलन गरेको बताए ।