नेपालका कम्युनिष्टहरू संघीयता र लोकतन्त्रमा विश्वास गर्दैनन् - निधी
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १० शनिबार
628
Shares
काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले नेपालका कम्युनिष्ट पार्टीहरू संघीयता र लोकतन्त्रमा विश्वास नगर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले जनतालाई संविधान जारी गर्दा गरिएका प्रतिबद्धताहरू पूरा गर्नुपर्नेमा जोड दिँदै आवश्यक परेको खण्डमा संविधान संशोधन गर्न जरुरी रहेको बताए।
निधिले भने, "जनतालाई हामीले जुन वाचा गरेका छौं, संविधान जारी गरेपछि समस्या समाधान गर्दछौं। त्यो कारणले पनि हामीले संविधान संशोधन गर्नुपरेको छ। यो काम नेपाली कांग्रेसले मात्रै गर्दछ। किनभने कम्युनिष्टहरू त संघीयतामा, लोकतन्त्रमा विश्वास नै गर्दैनन्। उनीहरूको प्राथमिकतामा छँदै छैन।"
उनले संविधान संशोधनका लागि दुई तिहाई बहुमत नपुग्नेबारे उठेका चर्चालाई उल्लेख गर्दै भने, "दुई तिहाई त पुग्ला, कसैले भन्नुभएको छ, दुई तिहाई पुग्दैन, २०८७ मा पुग्छ। पुग्ला ०८७ मा। हाम्रो संख्या पुग्दैन, त्यो कुरा छोडिदिऔं।" उनले अहिलेको प्रणाली नै उत्तम रहेको र यसलाई उन्नत बनाउन लागिरहनुपर्नेमा जोड दिए।
निधीले संघीयतालाई बलियो बनाउन लाग्नुपर्ने आवश्यकता पनि औंल्याए।