arrow

चीनबाट हामीले बीआरआई अन्तर्गत अनुदान मात्रै लिन्छौँ -विमलेन्द्र निधी [भिडियो]

बीआरआई प्रोजेक्टमा व्यापक, विस्तृत रूपमा राष्ट्रिय स्तरमा छलफल हुनु जरुरी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ७ शुक्रबार
bimalendra-nidhi-08-06.jpg

काठमाडौँ । नेपाल कांग्रेसका नेता विमलेन्द्र निधीले राष्ट्रिय स्तरमा छलफल नगरी बीआरआई सम्झौतामा हस्ताक्षर गर्न नहुने बताएका छन् । शुक्रबार जनकपुरमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा नेता निधीले हतारमा सम्झौता गरेर पछुताउनु भन्दा विस्तृत रूपमा छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्ने बताएका हुन् । 

उनले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बीआरआई चिनियाँ नीति रहेको र नेपालले आसन्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा के गर्छ भन्ने विषय चासोका साथ हेरिएको उल्लेख गरे । उनले नेपाली कांग्रेसले चीनबाट बीआरआई प्रोजेक्टअन्तर्गत लिने कुनै पनि विकासका कुराहरूमा अनुदान मात्रै लिने नीति अङ्गालेको बताए । बीआरआईअन्तर्गत ऋण लिन आफूहरूले नचाहेको बताए । उनले बीआरआई प्रोजेक्टमा व्यापक, विस्तृत रूपमा राष्ट्रिय स्तरमा छलफल हुनु जरुरी रहेको उल्लेख गरे । 


उनले भने, ‘बीआरआई चिनियाँ पोलिसी हो । त्योअन्तर्गत हाम्रो स्ट्याण्ड चर्चाको विषय छ । प्रधानमन्त्री ओलीको भ्रमणको विषयमा केके कुरा सही गर्ने ? केके कुरा सम्झौताहरू गर्ने भन्ने विषयमा । नेपाली कांग्रेसको शुरुदेखि नै आधिकारिक विषय के छ भने चीनबाट हामीले बीआरआई प्रोजेक्टअन्तर्गत लिने कुनै पनि विकासका कुराहरूमा अनुदान मात्रै लिन्छौँ । लोनमा हामी जाँदैनौँ । मूल विषय त्यही हो । हाम्रो तर्फबाट शेरबहादुरजीले र पार्टीले प्रधानमन्त्रीज्यूलाई भनिसक्नुभएको छ । चीन जाँदा खेरी अनुदान बाहेक लोनमा सही नगर्ने भनेर । बीआरआई प्रोजेक्टको बारेमा हाम्रो धारणा के हो भने यसको बारेमा व्यापक, विस्तृत छलफल हुनुपर्छ, राष्ट्रिय स्तरमा छलफल हुनुपर्छ । त्यति मात्रै होइन, म त अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति छु । बीआरआई प्रोजेक्ट नेपालको हितमा छ की छैन ? बीआरआई पोलिसीअन्तर्गत केके विषय हो, त्यसको बारेमा व्यापक छलफल हुनुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ