arrow

संविधानअनुसारको अधिकार प्रदेशले पाउनुपर्छ : विमलेन्द्र निधि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २० मंगलबार
bimalendra-nidhi-dhanusha.jpg

धनुषा । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सातवटै प्रदेश सरकारलाई सम्पन्न बनाउन संविधानअनुसार प्रदेशलाई दिइनुपर्ने बताएका छन् । 

महोतरी कांग्रेसका चर्चित नेता सहिद स्व शिवचन्द्र मिश्रको ८१औँ जन्मयन्तीको अवसरमा महोतरीको लोहरपट्टीमा आयोजित समारोहलाई सम्बोधन गर्दै नेता निधिले कांग्रेसको नेतृत्वमा बनेको संविधान र त्यसभित्र उल्लेखित उपलब्धि बचाउन कांग्रेस नै नेतृत्व लिन आवश्यक रहेको बताए । 

निधिले भने, “मधेश सरकार कमजोर भयो भन्नु गलत हो, कमजोर नियोजित रूपमा बनाइँदै छ, त्यसका लागि आन्दोलन गर्नुपर्ने हुन्छ ।”

सर्वपक्षीय सर्वदलीय सङ्र्घषपछि कांग्रेसको नेतृत्वमा सङ्घीय गणतन्त्रात्मक प्रणालीसहितको संविधान पाइएको बताउँदै उनले स्व शिवचन्द्र मिश्र सहिद दुर्गानन्द झासहितका नेता र योद्धाका प्रेरणाबाट मधेसमा कांग्रेसले विरासत बनाएको उल्लेख गरे ।

गणतन्त्रवादी नेता दुर्गानन्द झाका सहयात्री शिवचन्द्र मिश्र रहेको स्मरणमा जेलनेल भोगेका कुरा स्मरण गराउँदै निधिले स्व मिश्र लोहरपट्टी मात्र होइन देशकै सपूत रहेको बताए ।  

कांग्रेस महोतरी सभापति नागेश्वर यादवले नेता निधि भौतिक पूर्वाधारमन्त्री हुँदा महोतरीमा भएको सडक विकास विस्तारप्रति धन्यवाद दिए ।

लोहरपट्टी नगरपालिकाका मेयर शैलेन्द्र यादव तथा कांग्रेसका अग्रज नेता महेन्द्र मिश्रले लोहरपट्टीसहितको क्षेत्रमा आँखाको बिरामी बढ्दै गएकाले उपचारका लागि एउटा अस्पताल आवश्यक रहेको भन्दै पहलकदमीका लागि नेता निधिलाई आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ