arrow

बेवारिस र म्याद गुज्रेका विष्फोटक पदार्थ नष्ट गरिँदै

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०८० असोज १६ मंगलबार
detonator.jpg
तस्बिर – सांकेतिक ।

दार्चुला । दार्चुलामा म्याद नाघेका र बेवारिसे अवस्थामा रहेका विष्फोटक पदार्थ नष्ट गरिन लागिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाको आम्दानीमा रहेका र बेवारिसे अवस्थाका म्याद गुज्रेका विष्फोटक पदार्थहरु नष्ट गरिन लागिएको हो । 

उक्त विष्फोटक पदार्थ महाकाली नगरपालिका ६ स्थितको नेपाली सेनाको फायरिङ रेन्जमा कालीरक्षा गण बडैपुर, कैलालीको डिस्पोजल टोलीले नष्ट गर्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

आजदेखि चार दिन (असोज १६,१७,१८ र १९ गते) विष्फोटक पदार्थ नष्ट गरिने बताइएको छ । यसैबीच विष्फोटक पदार्थ नष्ट गरिन लागिएको भन्दै महाकाली  नगरपालिकाले एक सूचना जारी गर्दै उक्त अवधिभर सो क्षेत्रमा मानिस तथा चौपायाहरुको आवतजावत निषेध गरिएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ