arrow

नेपालगञ्जको सामाजिक सद्भाव नभड्काउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
dhawal-samsher-rana-jabara.jpg

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जबराले नेपालगञ्जमा सामाजिक सद्भाव नभड्काउन हिन्दु र मुस्लिम समुदायलाई आग्रह गरेका छन् ।  मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद जबराले नेपालगन्ज सद्भावको शहरको रूपमा उल्लेख गर्दै त्यहाँको सामाजिक सद्भाव नभड्काउन हिन्दु र मुस्लिम समुदायलाई आग्रह गरेका हुन् । 

नेपालगञ्जमा दुई समुदायबिचमा उत्पन्न भएको तनावका कारण आजै कर्फ्यु लगाउनुपर्ने स्थिति बनेको छ । सांसद जबराले दुई समुदाय बिचको तनावको कारण मोबाइलको सञ्जाल भएको भन्दै साइबर क्राइमलाई तुरुन्तै नियन्त्रण गर्न सरकारलाई आग्रह गरे । 

उनले साइबर क्राइमलाई नियन्त्रण गर्न सकिएन भने देशका विभिन्न भागमा दङ्गाहरू भड्किन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले आ–आफ्नो बिरोधको कार्यक्रम शान्तिपूर्ण रूपमा गर्न दुवै समुदायलाई आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ