arrow

वर्षाले कत्तिको बिगार्ला विश्वकप क्रिकेट ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
worldcup-cricket-india-2023.jpg

काठमाडौँ । भारतमा बिहीबारदेखि शुरु हुने विश्वकप एक दिवसीय क्रिकेटमा वर्षाले बाधा पुर्याउने देखिएको छ । यसअघि चलिरहेका चार ओटा वार्मअप खेलहरु वर्षाले रद्द भएसँगै विश्वकपका खेलहरु पनि वर्षाको असरमा पर्ने देखिएको छ । 

भारतमा निरन्तर वर्षा भइरहेको छ । बिहीबार अहमदाबादमा इङ्गल्इाण्ड र न्यूजिल्याण्डले विश्वकपमा उद्घाटन खेल खेल्दैछन् । यद्यपि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले उद्घाटनको कुनै कार्यक्रम नभएको जनाइसकेको छ । 

वर्षाका कारण अहिलेसम्म चार वार्मअप खेल रद्द हुँदा ३ खेलको ओभर घटाउनु परेको छ । जसका कारण वर्षाले यसपालि विश्वकप रोमाञ्चक हुनेमा शंका उब्जेको छ ।  वार्मअपमा जम्मा १० खेल हुनुपर्नेमा ७ खेलमा असर परिसकेको हो । 

आयोजक भारतले आफ्ना दुवै वार्मअप खेलमा वर्षा झेल्नुपर्यो । मौसम विभागका अनुसार मनसुन १५ अक्टोबरसम्म भारतबाट बाहिरिने छ । जसका कारण त्यतिन्जेल वर्षाले असर गर्न सक्ने देखिन्छ । 

उत्तर–पूर्व तथा दक्षिणमा सामान्य भन्दा बढी नै वर्षा हुने अनुमान गरिएको छ । हाल प्रशान्त महासागरमा ‘अल निनो’ तुफानको स्थिति देखिएको छ । 

मौसमविद्हरुले भने यसको असर खासै नहुने बताएका छन् । 

विश्वकप १० शहरमा हुँदैछ । कस्तो हुनेछ त त्यहाँको मौसम ? 

१, अहमदाबादमा ५ खेल हुने छन् । नरेन्द्र मोदी स्टेडियममा विश्वकपको उद्घाटन खेल हुँदैछ । त्यसैगरी भारत–पाकिस्ततान तथा फाइनल खेल पनि यही मैदानमा हुनेछ । 

मौसमविद्का अनुसार उद्घाटन खेलमा वर्षाको असर पर्ने सम्भावना कम छ । 

२, चेन्नईको एम चिदम्बर स्टेडियममा पाँच खेल खेलिने छ । जहाँ भारतले पहिलो खेल अष्ट्रेलियासँग खेल्नेछ । यो खेलमा वर्षाले हल्का असर गर्न सक्नेछ । सबै खेल अक्टोबरभित्रै हुनेछन् ।

३, हैदराबादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा तीन खेल हुनेछन् । जसमा दुई खेल पाकिस्तानले खेल्नेछ । यहाँ शुक्रबारको खेलका लागि वषाएको सम्भावना कम छ । 

४, हिमाचल प्रदेशको धर्मशालास्थित मैदानमा पाँच खेल हुनेछन् । जहाँ तीन दिनमा र दुई खेल दिन–रातमा हुनेछ । 

पहिलो खेल ७ अक्टोबरमा हुनेछ । बंगलादेश र अफगानिस्तानबीचको उक्त खेलमा वर्षा हुने सम्भावना रहेको छैन । 

५, बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा पाँच खेल हुनेछन् । २० अक्टोबरमा अष्ट्रेलिया र पाकिस्तानबीच पहिलो भिडन्त हुनेछ । 

बेंगलुरुमा शुरुआती दुई खेलमा वर्षाको सम्भावना भएको बताइएको छ । 

६, लखनउको अटल बिहारी वाजपेयी इकाना स्टेडियममा पहिलो पटक कुनै आईसीसीको खेल हुँदैछ । यहाँ पाँच खेल हुनेछन् ।

१२ अक्टोबरमा दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको खेल हुँदै गर्दा वर्षाको सम्भावना नरहेको जनाइन्छ । भारतले २९ अक्टोबरमा इङ्गल्याण्डसँग खेल्नेछ । 

७, पूणेमा पाँचद्ध खेल हुनेछन् । त्यहाँ वर्षाको सम्भावना कम छ । त्यहाँ पहिलो खेल १९ अक्टोबरमा हुनेछ । भारतले बंगलादेशसँग खेल्नेछ । 

८, कोलकातामा पाँच खेल हुनेछन् । सबै खेल २७ अक्टोबरपछि हुनेछन् । जसले गर्दा वर्षाको सम्भावना कम रहेको बताइएको छ । यद्यपि पहिलो खेलमा यसै भन्ने अवस्था छैन । 

९, महाराष्ट्र र मुम्बईमा वर्षा भइरहेको छ । तर वानखेडे स्टेडियममा २१ अक्टोबरदेखिमात्र खेल शुरु हुने भएकाले वर्षाको सम्भावना कम रहेको विभागले बताएको छ । यहाँ चार खेल हुनेछन् । मुम्बईमा नोभेम्बर समुद्री चक्रवातको असर हुने समय भएकाले त्यसको असर पर्छ कि पर्दैैन भन्नेमा शंका छ । 

१०, दिल्लीको अरुण जेट्ली स्टेडियममा पाँच खेल हुनेछन् । जहाँ पहिलो खेल ११ अक्टोबरमा भारतले अफगानिस्तानसँग खेल्नेछ । वर्षाको सम्भावना कम रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ