arrow

जापानमा भूकम्प, सुनामीको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
japan-earthquake-2023.jpg
तस्बिर – फाइल ।

टोकियो । जापानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । यस भूकम्पको तीव्रता ६ दशमलव ६ रहेको बताइएको छ । जापानी समय बिहान १ बजे भूकम्प गएको थियो ।

यसपछि जापानी मौसम विज्ञान एजेन्सीले पनि सुनामीको चेतावनी दिएको छ । मौसम एजेन्सीले जापानको इजु टापुमा १ मिटर अग्लो छालको पूर्वानुमान गरेको छ भने पूर्वमा चिबा प्रिफेक्चरदेखि पश्चिममा कागोशिमा प्रिफेक्चरसम्म फैलिएको क्षेत्रमा ०।२ मिटरसम्म छाल आउने अनुमान गरिएको छ। 

 सावधानीका रूपमा तटीय क्षेत्रका मानिसहरूलाई उच्च स्थानमा जान सल्लाह दिइएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ