arrow

प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै, यी हुन् कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
Parliament_building.png

काठमाडौं ।  सङ्घीय सांसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । दुवै सदनको बैठक दिउँसो १ बजेबाट शुरु हुनेछ ।

 प्रतिनिधि सभाको आजको बैठकमा सभामुखले विद्युत् विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची छ । 

साथै ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० पेस गर्ने, सभामुखले पूर्व प्रतिनिधि सभा सदस्य खेमराज भट्ट मायालुको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची छ । 

साथै  कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ