arrow

केपीको निर्देशन विपरीत पीएस र केआरको प्यानलबीच भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
prithiv-subbha-gurung-khagaraj-adhikari.jpg
तस्बिर – फाइल ।

पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको छुट्टाछुट्टै प्यानलबीच मतदान हुन लागेको छ । बिहान ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिइए पनि सहमति नभएपछि निर्वाचन हुन लागेको हो । 

पार्टी नेतृत्वले गुटगत निर्वाचनमा नजान चेतावनी दिए पनि गण्डकीमा भने दुई प्यानल खुलेरै मतदानमा जान लागेको हो । गण्डकीमा चर्को प्रतिस्पर्धा हुने जनाइएको छ ।  

प्रदेश अध्यक्षमा वर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारी प्यानलसहित होमिएका छन् । शर्मा उपमहासचिव गुरुङ र मायानाथ खगराज अधिकारी निकटले उम्मेदवारी दिएका छन् । यसपटक अधिकारीले लम्जुङका मायानाथलाई अघि सारेर गुरुङलाई गृहजिल्लामै अप्ठेरोमा पारेका छन् । 

बुधबारसम्ममा २७ जना सदस्य निर्विरोध निर्वाचित भए पनि अहिले विद्युतीय भोटिङ मेसिनबाट मतदानको तयारी गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ