arrow

विश्वकप क्रिकेटः इङ्गल्याण्ड न्यूजिल्याण्ड मैदानमा, हेड टु हेडमा बराबरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
narendra-modi-stadium-.jpg

काठमाडौँ । विश्वकप एक दिवसीय क्रिकेट आजदेखि भारतमा शुरु भएको छ । उद्घाटन खेलमा सन् २०१९ को विश्वकपका फाइनलिष्ट टिमहरु इङ्गल्याण्ड र न्यूजिल्याण्ड भिड्दै छन् । 

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेल दिउँसो २ः१५ देखि शुरु हुँदैछ । खेलमा न्यूजिल्याण्डले टस जितेर पहिले फिल्डिङ्ग गर्दैछ । 

४६ दिनसम्म चल्ने विश्वकपमा साविक विजेता इङ्गल्याण्डको दाबेदारी प्रमुख छ । 

तर घरेलु मैदानको हिसाबले हेर्ने हो भने भारत सबैभन्दा बलियो दाबेदार हो ।

हेड टु हेड 
सन् २०१९ को फाइनलमा खेल टाइ भएपछि सुपर ओभरमा समेत टाइ हुँदा सबैभन्दा बढी चौका हानेका आधारमा इङ्गल्याण्ड विजयी भएको थियो । 

त्यही हारको बदला लिन न्यूजिल्याण्ड पनि तयारी अवस्थामा देखिएको छ । दुवै टिमले अहिलेसम्म विश्वकपमा १० खेल खेलेका छन् । जसमा दुवैले ५–५ खेल जितेका छन् । 

एक दिवसीयको हेड टु हेडमा पनि दुवैले समान खेल जितेका छन् । अहिलेसम्म ९५ एक दिवसीय खेल खेलेकामा दुवैले ४४ खेल जितेका छन् । ३ खेल टाइ भएको छ भने ४ खेल नतिजाविहीन भएको छ । 

इङ्गल्याण्डका डेभिड मलान सन् २०२३ का टिमका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ९ खेलमा ५९१ रन बनाएका छन् । जसमा ३–३ शतक र अर्धशतक छन् ।

त्यस्तै आदिल रशीदले ७ खेलमा १५ विकेट लिएका छन् । न्यूजिल्याण्डतर्फ डेरिल मिचेलले १६ खेलमा सर्वाधिक ६५२ रन बनाएका छन् । जसमा ३ शतक र १ अर्धशतक रहेको छ । बलिङतर्फ म्याट हेनरीले १० खेलमा १४ विकेट लिएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ