arrow

यी हुन् विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीहरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
most-runs-world-cup.jpg

काठमाडौँ । सन् १९७५ देखि शुरु भएको विश्वकप एक दिवसीय क्रिकेटको पछिल्लो संस्करण भारतमा बिहीबारदेखि शुरु भएको छ । 

अहिलेसम्म विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीमा भारतीय लिटिल मास्टर पूर्व खेलाडी सचिन तेन्दुलकर रहेका छन् । उनले २ हजार २७८ रन बनाएका छन् । 

त्यस्तै अष्ट्रेलियाका पूर्व कप्तान रिक्की पोन्टिङले १ हजार ७४३ रन बनाएका छन् । तेस्रो स्थानमा श्रीलंकाका पूर्व कप्तान कुमार सांगाकारा रहेका छन् । उनले १ हजार ५३२ रन बनाएका छन् । 

चौथो स्थानमा वेष्ट इन्डिजका पूर्व कप्तान ब्रायन लारा रहेका छन् । उनले १ हजार २२५ रन बनाएका छन् । 

पाँचौँ स्थानमा दक्षिण अफ्रिकाका खेलाडी एबीडे भिडियर्स रहेका छन् । उनले १ हजार २०७ रन बनाएका छन् । 

वेष्ट इन्डिजका पूर्व खेलाडी क्रिस गेलले १ हजार १८६ रन बनाएका छन् । सातौँ स्थानमा श्रीलंकाका पूर्व कप्तान सनथ जयसूर्या रहेका छन् । उनले १ हजार १६५ रन बनाएका छन् । 

आठौँ स्थानमा दक्षिण अफ्रिकाका पूर्व खेलाडी ज्याक कालिस रहेका छन् । उनले १ हजार १४८ रन बनाउका छन् । 

नवौँ स्थानमा हालका बंगलादेशका कप्तान शकिब अल हसन रहेका छन् । उनले १ हजार १४६ रन बनाएका छन् । 

शकिबले जति बढी रन बनाउँछन्् यो विश्वकपमा त्यति नै माथि पुग्नेछन् । 

दशौँ स्थानमा श्रीलंकाका तिलकरत्ने दिलशान रहेका छन् । उनले १ हजार ११२ रन बनाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ