arrow

विश्वकप क्रिकेटमा इङ्गल्याण्डलाई हराउन न्यूजिल्याण्ड २८३ रनको चुनौती पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
worldcup-2023-nz-eng.jpg

काठमाडौँ । विश्वकप एक दिवसीय क्रिकेट आजदेखि भारतमा शुरु भएको छ । उद्घाटन खेलमा सन् २०१९ को विश्वकपका फाइनलिष्ट टिमहरु इङ्गल्याण्ड र न्यूजिल्याण्ड भिडिरहेका छन् ।  

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा जारी खेल विजयका लागि न्यूजिल्याण्डले २८३ रनको चुनौती पछ्याउँदै छ । 

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको इङ्गल्याण्डले ९ विकेटको क्षतिमा २८२ रन बनायो । 

हेड टु हेड 
सन् २०१९ को फाइनलमा खेल टाइ भएपछि सुपर ओभरमा समेत टाइ हुँदा सबैभन्दा बढी चौका हानेका आधारमा इङ्गल्याण्ड विजयी भएको थियो । 

त्यही हारको बदला लिन न्यूजिल्याण्ड पनि तयारी अवस्थामा देखिएको छ । दुवै टिमले अहिलेसम्म विश्वकपमा १० खेल खेलेका छन् । जसमा दुवैले ५–५ खेल जितेका छन् । 

एक दिवसीयको हेड टु हेडमा पनि दुवैले समान खेल जितेका छन् । अहिलेसम्म ९५ एक दिवसीय खेल खेलेकामा दुवैले ४४ खेल जितेका छन् । ३ खेल टाइ भएको छ भने ४ खेल नतिजाविहीन भएको छ । 

इङ्गल्याण्डका डेभिड मलान सन् २०२३ का टिमका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ९ खेलमा ५९१ रन बनाएका छन् । जसमा ३–३ शतक र अर्धशतक छन् ।

त्यस्तै आदिल रशीदले ७ खेलमा १५ विकेट लिएका छन् । न्यूजिल्याण्डतर्फ डेरिल मिचेलले १६ खेलमा सर्वाधिक ६५२ रन बनाएका छन् । जसमा ३ शतक र १ अर्धशतक रहेको छ । बलिङतर्फ म्याट हेनरीले १० खेलमा १४ विकेट लिएका छन् । 

इङ्गल्याण्ड जोस बटलर र न्यूजिल्याण्ड केन विलियमसनको कप्तानीमा मैदानमा उत्रिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ