arrow

पाकिस्तानलाई नेदरल्याण्ड्सविरुद्ध उच्च योगफल जोड्ने मौका

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
world-cup-cricket-netherlands-2023.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको दोस्रो दिन अहिले पाकिस्तान र नेदरल्याण्ड्स खेलिरहेका छन् । हैदराबादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा भइरहेको खेलमा नेदरल्याण्ड्सले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । 

टस हारेर ब्याटिङ थालेको पाकिस्तानलाई विश्वकपको उच्च योगफल बनाउने अवसर रहेको छ । नेदरल्याण्ड्स पाकिस्तानका लागि यो विश्वकपको सबैभन्दा सजिलो टिम हो । पाकिस्तानले अहिलेसम्म विश्वकपमा ६ खेल नेदरल्याण्ड्सविरुद्ध खेलेको छ । 

जसमा सबै खेल पाकिस्तानले जितेको छ । यो खेलमा कप्तान बाबर आजमको नेतृत्व सफल हुने पाकिस्तानको विश्वास छ । 

उनले सन् २०२३ मा १६ खेलमा ७४५ रन बनाएका छन् । मोहम्मद रिजवानले १६ खेलमा ६२८ रन बनाएका छन् । त्यस्तै फखर जमानले १६ खेलमा ६४४ रन बनाएका छन् । शादाब खानले अलराउन्ड प्रदर्शन गर्ने क्रममा ११ खेलमा १३८ रन बनाउनुका साथै १३ विकेट लिएका छन् । 

नदरल्याण्ड्सका स्कट एडवर्डसले १३ खेलमा ४३८ रन बनाएका छन् । त्यस्तै बास डी लिडले अलराउन्ड खेल्ने क्रममा ७ खेलमा १५ विकेट लिनुका साथै २८५ रन बनाएका छन् । कलर एकरम्यानले ३ खेलमा २ विकेट लिँदै ११५ रन बनाएका छन् । 

यसबाहेक पाकिस्तानका लागि शाहिन शाह अफ्रिदी चम्कन सक्छन् । उनले एसिया कपमा ५ खेलमा १० विकेट लिएका थिए । उनले यो सालमात्रै १२ खेलमा २४ विकेट लिएका छन् । त्यस्तै ह्यारिस रउफले १३ खेलमा २४ विकेट लिएका छन् । पाकिस्तानको टिम अहिले निकै नै सशक्त देखिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ