arrow

विश्वकपमा पाकिस्तानको विजयी शुरुआत, नेदरल्याण्ड्स ८१ रनले पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
worldcup-pakistan-netherlands-2023.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा पाकिस्तानले विजयी शुरुआत गरेको छ । विश्वकपको दोस्रो दिन शुक्रबार भएको खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई हराएको हो । 

हैदराबादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा भएको खेलमा पाकिस्तान ८१ रनले विजयी भयो । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९ ओभरमा अलआउट हुँदै २८६ रन बनायो । 

पाकिस्तानका लागि मोहम्मद रिजवान र साउद शकिलले समान ६८ रन बनाए । नेदरल्याण्ड्सका बास डी लिडेले ४ विकेट लिए । 

जवाफमा नेदरल्याण्ड्सले ४१ ओभरमा अलआउट हुँदै २०५ रन बनाउन सक्यो । अलराउन्डर लिडेले ६७ तथा विक्रमजित सिंहले ५२ रन बनाए । पाकिस्तानका हरिस राउफले ३ तथा हसन अलीले २ विकेट लिए । 

योसँगै पाकिस्तानले विश्वकपमा नेदरल्याण्ड्सविरुद्ध अहिलेसम्म खेलेका सात वटै खेल जितेको छ । 

यसअघि बिहीबार भएको उद्घाटन खेलमा न्यूजिल्याण्डले इङ्गल्याण्डमाथि ९ विकेटको जित हासिल गरेको थियो । 

अंक तालिकामा न्यूजिल्याण्ड पहिलो तथा पाकिस्तानमा दोस्रो स्थानमा छ । 

शनिबार दुई खेल हुँदैछन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ