arrow

विश्वकप क्रिकेटमा आज दुई खेल, बंगलादेश–अफगानिस्तान मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २० शनिबार
worldcup-dharmashala-2023.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा अहिले अफगानिस्तान र बंगलादेश भिड्दै छन् ।  

धर्मशालामा टस जितेर बंगलादेशले पहिले फिल्डिङ रोजेको छ । दुवै दक्षिण एसियाली राष्ट्रहरुबीचको खेल निकै नै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । 

आजको दोस्रो खेलमा दक्षिण अफ्रिका र श्रीलंका खेल्दैछन् । खेल दिउँसो २ः१५ बजेदेखि नयाँदिल्लीमा शुरु हुँदैछ । 

विश्वकपका आज तेसू्रो र चौथो खेल हुँदै गरेका हुन् । 

बिहीबारदेखि शुरु भएको विश्वकपमा पहिलो दिन न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हराएको थियो भने शुक्रबार भएको दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हराएको थियो । 

डेढ महिना चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ