arrow

विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध बंगलादेशको सहज जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २० शनिबार
worldcup-cricket-afg-bang-2023.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा बंगलादेशले विजयी शुरुआत गरेको छ । बंगलादेशले विश्वकपको तेस्रो खेलमा अफगानिस्तानलाई ६ विकेटले हरायो । 

धर्मशालामा टस जितेर बंगलादेशले पहिले फिल्डिङ गरेसँगै ब्याटिङ गरेको अफगानिस्तानले ३७.२ ओभरमै अलआउट हुँदै मात्र १५६ रन बनायो । ११२ रन जोड्दा मात्रै २ विकेट गुमाएको अफगानिस्तानले बाँकी ४४ रन थप्ने क्रममा सबै विकेट गुमाएको हो । 

ओपनर रहमुल्लाह गुर्बाजले ४७ रन बनाएको इनिङ्समा ६ खेलाडीले दोहोरो स्कोरसमेत जोड्न सकेनन् । बंगलादेशका लागि शकिब अल हसन र मेहन्दी हसन मिराजले समान ३–३ विकेट लिए ।

जवाफमा बंगलादेशले ३४.४ ओभरमा मात्र ४ विकेटको क्षतिमा जित हासिल गर्यो । निजामुल हुसेन शान्टोले अविजित रहँदै ५९ तथा अलराउन्डर मेहन्दीले ५७ रन बनाए । 

आजको दोस्रो खेलमा दक्षिण अफ्रिका र श्रीलंका खेलिरहेका छन् । नयाँदिल्लीमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरिरहेको दक्षिण अफ्रिका फराकिलो योगफलतर्फ अगाडि बढेको छ ।

बिहीबारदेखि शुरु भएको विश्वकपमा पहिलो दिन न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हराएको थियो । शुक्रबार भएको दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हराएको थियो । 

डेढ महिना चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ