arrow

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बनायो विरलै तोडिने कीर्तिमान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २० शनिबार
worldcup-cricket-sa-2023.jpg

काठमाडौँ । एक दिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विरलै तोडिने रेकर्ड बनाएको छ । श्रीलंकाविरुद्धको खेलमा शनिबार दक्षिण अफ्रिकाले सबैभन्दा बढी रन बनाएको हो । 

दक्षिण अफ्रिकाले टस हारेर पहिले ब्याटिङ गर्दै नयाँदिल्लीको मैदानमा ५ विकेटको क्षतिमा ४२८ रन बनाएको हो । 

सो क्रममा एकै इनिङ्समा तीन जनाले शतक प्रहार गरेको कीर्तिमान पनि दक्षिण अफ्रिकाले राखेको छ । रस्सि भान डर डुसेन, एडन मार्करम र क्विन्टन डी ककले शतक बनाएका हुन् । डुसेनले ११० बलमा १०८, ककले ८४ बलमा १०० तथा मार्करमले ५४ बलमा १०६ रन बनाए । 

मार्करमले ४९ बलमा शतक बनाउँदै विश्वकपमा सबैभन्दा कम बलमा शतक बनाउने कीर्तिमान पनि बनाएका छन् । दक्षिण अफ्रिकाले ४५ चौका र १४ छक्काको रेकर्ड पनि बनाएको छ । 

एउटै इनिङ्समा तीन जनाले शतक प्रहार गरेको यो दक्षिण अफ्रिकाको एक दिवसीयमा तेस्रो हो । यसअघि अष्ट्रेलियाले अफगानिस्तानविरुद्ध एक पटक यो रेकर्ड बनाएको थियो । 

दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले २१ बलमा अविजित रहँदै ३९ रन जोडे । हेन्रिक क्लासेनले २० बलमा ३२ रन जोडे । 

निरीह देखिएको श्रीलंकाका लागि दिलशान मदुशंकाले २ विकेट लिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ