arrow

यी हुन् विश्वकपमा कम बलमा शतक बनाउने खेलाडीहरु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
wordlcup-2023-fastest-hundred.jpg

काठमाडौँ । विश्वकप एक दिवसीय क्रिकेटमा अहिलेसम्म ४९ बलमा मात्रै शतक बन्न सकेको छ । त्यो कीर्तिमान दक्ष्णि अफ्रिकी खेलाडी एडिन मार्करमले राखेका छन् । 

उनले भारतमा जारी विश्वकप अन्तर्गत शनिबारको खेलमा श्रीलंकाविरुद्ध ४९ बलमा शतक प्रहार गरेका हुन् । सन् १९७५ देखि चलिरहेको विश्वकपमा कम बलमा शतक बनाउने रेकर्ड मार्करमले राखेका हुन् । 

यसअघि यो कीतिृमान केभिन ओ’ब्राइनका नाममा रहेको थियो । उनले ५० बलमा शतक बनाएका थिए । त्यस्तै व्लेन म्याक्सवेलले ५१ बलमा, एबीडे भिडियर्सले ५२ बलमा तथा ओइन मोर्गानले ५७ बलमा शतक बनाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ