arrow

चार दिने हिरासतमा परे ओएसआरका डिजिटलका सञ्चालक अग्रवाल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
omprakash-agrawal-2080.jpg

काठमाडौँ । चलचित्र ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेतको उजुरीपछि पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । 

प्रहरीले गत शुक्रबार पक्राउ गरेर आइतबार अदालतमा उनलाई उपस्थित गराएको हो । सोही क्रममा काठमाडौँ जिल्ला अदालतले उनलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

आफ्नो अनुमति र मन्जुरी बिना अग्रवाल, निर्देशक सुदर्शन थापा र मिलन श्रेष्ठले स्वदेश तथा विदेशमा चलचित्र प्रसारण गरी आफूलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक नोक्सानी पुर्याएको भन्दै निर्माता बस्नेतले उनीहरुविरुद्ध जाहेरी दिएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ