arrow

इजरेल जाने एअर इन्डियाका सबै उडान शनिबारसम्म रद्द

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
Air-India.jpeg
तस्बिर – फाइल ।

नयाँदिल्ली । पश्चिम एसिया फेरि युद्धको चपेटामा परेको छ । हमासले शनिबार बिहानदेखि इजरेलमा आक्रमण गरेपछि विश्वमा नयाँ युद्ध सुरु भएको छ, जसको प्रभाव चारैतिर देखिन थालेको छ । 

पछिल्लो संकटलाई ध्यानमा राख्दै एयर इन्डियाले इजरेलको राजधानी तेल अवीवका लागि अक्टोबर १४ तारिख शनिबारसम्मका लागि सबै उडान रद्द गरेको छ ।

एयर इन्डियाका प्रवक्ताले आइतबार साँझ भने कि एयरलाइनले तेल अवीव जाने सबै उडानहरू अक्टोबर १४ सम्म रद्द गर्ने निर्णय गरेको छ। 

कम्पनीले आफ्ना चालक दलका सदस्य र सबै यात्रुको सुरक्षालाई ध्यानमा राखेर यो निर्णय गरेको प्रवक्ताले बताएका छन् । उनले अक्टुबर १४ सम्म कन्फर्म टिकट भएका यात्रुलाई कम्पनीले सक्दो सहयोग गर्ने बताएको छ ।

टाटा समूहको एयरलाइन्स एयर इन्डियाले तेल अवीव र नयाँदिल्ली बीच साप्ताहिक रूपमा पाँच उडानहरू सञ्चालन गर्दछ। यी उडानहरू सोमबार, मंगलबार, बिहीबार, शनिबार र आइतबार हुँदै आएका छन् । 

पछिल्लो घोषणा अघि कम्पनीले शनिबार पहिलो पटक उडान रद्द भएको जानकारी दिएको थियो । तर शनिबार ७ अक्टोबरको उडानबारे एक दिनको अपडेट मात्र दिइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ