arrow

विश्वकप क्रिकेटमा आजदेखि दोस्रो चरणका खेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
worldcup-cricket-india-2023.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा आजदेखि दोस्रो चरणका खेलहरु हुँदैछन् । १० टिम सहभागी विश्वकपमा हिजोसम्म पहिलो चरणको खेल सकिएको छ । 

सबै टिमले एक एक खेल खेलिसकेका छन् । आजदेखि दोस्रो चरणका खेलहरु हुन लागेका हुन् । आज न्यूजिल्याण्ड र नेदरल्याण्ड्स खेल्दैछन् । 

खेल दिउँसा २ः१५ बजे हैदराबादमा हुँदैछ । पहिलो खेलमा न्यूजिल्याण्ड विजयी हुँदा नेदरल्याण्ड्स भने पराजित भएको थियो । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो ।  

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 

अंक तालिका
२ अंकसहित न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र भारत क्रमशः पहिलोदेखि पाँचौँ स्थानमा छन् । 

अष्ट्रेलिया, अफगानिस्तान, नेदरल्याण्ड्स, श्रीलंका र इङ्गल्याण्डले खाता खोलेका छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ