arrow

विश्वकप क्रिकेटमा न्यूजिल्याण्डविरुद्ध नेदरल्याण्ड्सले राख्यो मेडन कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
worldcup-cricket-netherlands-2023.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा सबैभन्दा कमजोर मानिएको टिम नेदरल्याण्ड्सले न्यूजिल्याण्डविरुद्ध कीर्तिमानी मेडन राखेको छ । 

हैदराबादमा जारी खेलमा पहिले बलिङ गरेको नेदरल्याण्ड्सले शुरुआती तीन ओभर मेडन ओभर फ्याँक्दै रेकर्ड राखेको हो ।

यसअघि सन् १९७५ को पहिलो संस्करणमा पनि तीन ओभर मेडन भएको थियो । 

१० टिम सहभागी विश्वकपमा आजदेखि दोस्रो चरण शुरु भएको छ । न्यूजिल्याण्डले नेदरल्याण्ड्सविरुद्ध सर्वाधिक योगफल जोड्न सक्ने आँकलन गरिए पनि शुरुआती तीन ओभर मेडन बेहोरेको हो । 

यसअघि पहिलो खेलमा न्यूजिल्याण्ड विजयी हुँदा नेदरल्याण्ड्स भने पराजित भएको थियो । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो ।  

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 

अंक तालिका
२ अंकसहित न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र भारत क्रमशः पहिलोदेखि पाँचौँ स्थानमा छन् । 

अष्ट्रेलिया, अफगानिस्तान, नेदरल्याण्ड्स, श्रीलंका र इङ्गल्याण्डले खाता खोलेका छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ