arrow

भारतका पाँच राज्यमा निर्वाचन घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
election-commission-india.jpg

काठमाडौँ । भारतको निर्वाचन आयोगले भारतका पाँच राज्यमा विधानसभा चुनावको घोषणा गरेको छ । आयोगले सोमबार मध्यप्रदेश, राजस्थान, छत्तीसगढ, तलंगाना र मिजोरममा निर्वाचन गर्ने घोषणा गरेको हो । 

पाँच राज्यमा चुनावी प्रक्रिया २७ दिन चल्ने भएको छ । छत्तीसगढमा ७ र १७ नोभेम्बरमा, मिजोरममा १७ नोभेम्बरमा र मध्यप्रदेशमा पनि १७ नोभेम्बरमै मतदान हुनेछ । 

राजस्थानमा २३ नोभेम्बरमा र तेलंगानामा ३० नोभेम्बरमा मतदान हुनेछ । छत्तीसगढमा ९०, मिजोरममा ४०, मध्यप्रदेशमा २३०, राजस्थानमा २०० तथा तेलंगानामा ११९ सिटका लागि चुनाव हुन लागेको हो । 

सबै राज्यको मतपरिणाम ३ डिसेम्बरमा आउने भएको छ । हाल मध्यप्रदेशमा भाजपाको, राजस्थान र छत्तीसगढमा कांग्रेसको, तेलंगानामा केसीआरको तथा मिजोरममा मिजो नेशनल फ्रन्ट सत्तामा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ