arrow

इजरेल घटनालाई लिएर मन्त्रिपरिषद्ले गर्‍यो यस्तो निर्णय [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
cabinetmee-2080-10-22.jpg

काठमाडौं । इजरेल घटनालाई लिएर मन्त्रिपरिषद्को आजको आकस्मिक बैठकले विभिन्न निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को आजको आकस्मिक बैठकले असोज २० गते दक्षिण इजरेलको किबुच अलुमिया भन्ने स्थानमा प्यालेस्टाइनको अतिवादी समूह हमासले गरेको आक्रमणमा परी १० जना नेपालीको दुःखद निधन भएकामा मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

 सरकारले आतङ्कवादी हमलामा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सहयोग स्वरुप प्रतिपरिवार रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार बैठकले स्वदेश फर्कन चाहनेहरूलाई नेपाल वायु सेवा निगम र हिमालयन एयरलाइन्सको विमान चार्टर गरी स्वदेश ल्याउने व्यवस्था गर्ने निर्णय गरेको छ । 

बैठकले दिवङ्गत नेपालीहरूप्रति सम्मान व्यक्त गर्दै यही असोज २३ गते मङ्गलवार राष्ट्रिय शोक घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । 

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयले इजरेलस्थित राजदूतावाससँग समन्वय गरी शव यथाशीघ्र नेपाल ल्याउने निर्णय गरेको छ । हेर्नुस् भिडियो- 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ