arrow

न्यूजिल्याण्ड लयमा, नेदरल्याण्ड्स ९९ रनले पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
mitchel-santner-2023.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा न्यूजिल्याण्डले लगातार दोस्रो जित हासिल गरेको छ । हैदराबादमा सोमबार भएको खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हराएको हो । 

खेलमा पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ७ विकेटको क्षतिमा ३२२ रन बनायो । विल यङले ७०, कप्तान टम लथामले ५३, रचिन रविन्द्रले ५१ बलमा ५१, ड्यारिल मिचेलले ४८ तथा मिचेल सान्टनरले १७ बलमा अविजित रहँदै ३६ रन बनाए । 

शुरुआतमा भने न्यूजिल्याण्ड दबाबमा थियो । सबैभन्दा कमजोर मानिएको टिम नेदरल्याण्ड्सले न्यूजिल्याण्डविरुद्ध कीर्तिमानी मेडन राखेको थियो । 

नेदरल्याण्ड्सले शुरुआती तीन ओभर मेडन ओभर फ्याँक्दै रेकर्ड राखेको हो । यसअघि सन् १९७५ को पहिलो संस्करणमा पनि तीन ओभर मेडन भएको थियो । 

जवाफमा नेदरल्याण्ड्सले ४६.३ ओभरमा अलआउट हुँदै २२३ रन बनायो । कोलिन एक्करमनले ६९ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । अलराउन्डर मिचेल सान्टनरले ५ विकेट लिए । त्यस्तै माट हेन्रीले ३ विकेट लिए । 

१० टिम सहभागी विश्वकपमा दोस्रो चरण शुरु भएको छ । यसअघि पहिलो खेलमा न्यूजिल्याण्ड विजयी हुँदा नेदरल्याण्ड्स भने पराजित भएको थियो । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो ।  

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 

अंक तालिका
२ खेलमा ४ अंकसहित न्यूजिल्याण्ड शीर्ष स्थानमा कायमै छ । पहिलो खेलमै जित हासिल गर्दै दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र भारत क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन् । 

अष्ट्रेलिया, अफगानिस्तान, श्रीलंका, इङ्गल्याण्ड र नेदरल्याण्ड्सले खाता खोलेका छैनन् । 

मंगलबार दुई खेल हुँदैछन् । पहिलो खेलमा बिहान १०ः४५ बजे बंगलादेशले इङ्गल्याण्डसँग तथा दिउँसो २ः१५ बजे पाकिस्तानले श्रीलंकासँग खेल्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ