arrow

जर्मनीका चान्सलरको दललाई धक्का 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
olaf scholz germany spd.jpeg

काठमाडौं ।  जर्मनीको हेस्से र बाभेरियामा आइतबार भएको निर्वाचनमा कन्जरभेटिभ पार्टी क्रिश्चियन डेमोक्र्याटिक युनियन (सीडीयू) र क्रिश्चियन सोसियल युनियन (सीएसयू) विजयी भएका छन् ।

जर्मनीका सम्पन्नशाली राज्यको चुनावमा मध्यमार्गी दक्षिणपन्थी दलहरूले पहिलो स्थान हासिल गरेका हुन् । आधिकारिक तथ्याङ्कअनुसार सीडीयूले हेस्से राज्यमा ३४.६ प्रतिशत भन्दा बढी मत प्राप्त गरेको छ भने सीएसयूले बाभेरियामा ३७ प्रतिशत मत प्राप्त गरेको छ ।
 
यसका साथै दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) पार्टीले एसपीडी, ग्रिन पार्टी र फ्रि डेमोक्र्याटिक पार्टीद्वारा सञ्चालित वर्तमान संघीय सरकारप्रति मतदाताहरूको असन्तोषका कारण ठूलो लाभ उठाएको छ ।

सन् २०१८ को विधानसभा चुनावको तुलनामा यी दुई राज्यमा सीडीयू र सीएसयूले राम्रो मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ