arrow

आज राष्ट्रिय शोक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
nepal-map-limpiyadhura-lipu.gif
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ । प्यालेष्टेनी अतिवादी समूह हमासको आक्रमणमा परी इजरेलमा रहेका १० जना नेपालीहरुको हत्या भएको शोकमा सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको हो । 

राष्ट्रिय शोक भए पनि सार्वजनिक बिदा भने दिइएको हैन । यसबारेमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले स्पष्ट पारिसकेकी छिन् । 

जसअनुसार आज सबै सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाइने छ । 

हिजो आकस्मिक रुपमा बसेको विशेष मन्त्रिपरिषद बैठकले इजरेलमा मारिएकाहरुका पीडित परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको थियो ।

इजरेलमा गत शनिबार प्यालेष्टेनी अतिवादी समूह हमासले अचानक आक्रमण गरेपछि ‘पढ्ने पनि कमाउने पनि’ कार्यक्रममार्फत इजरेल पुगेका १० जना नेपालीको हत्या भएको थियो । 

सोही हत्याको शोकमा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको हो । 

त्यसैगरी सरकारले इजरेलमा रहेका नेपालीहरुको उद्दारको पहल पनि थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ