arrow

विश्वकप क्रिकेटमा पाकिस्तान र श्रीलंका मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
haris-rauf-pak-worldcup.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा अहिले पाकिस्तान र श्रीलंका खेलिरहेका छन् । 

खेल हैदराबादमा भइरहेको छ । टस जितेर श्रीलंकाले पहिले ब्याटिङ गरिरहेको छ । पाकिस्तानले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ८१ रनले हराएको थियो भने श्रीलंका दक्षिण अफ्रिकासँग १०२ रनले पराजित भएको थियो । 

यो खेल जितेर पाकिस्तानले आफ्नो लयलाई निरन्तरता दिन चाहन्छ भने श्रीलंका पछिल्लो कीर्तिमानी हारबाट मुक्त हुन चाहन्छ । 

आजको पहिलो खेलमा बंगलादेश र इङ्गल्याण्ड भिडिरहेका छन् । धर्मशालाको मैदानमा इङ्गल्याण्डले टस हारेर पहिले ब्याटिङ गरेको छ । 

इङ्गल्याण्ड फराकिलो योगफलतर्फ अगाडि बढेको छ । 

इङ्गल्याण्ड पहिलो जितको खोजीमा रहेको छ । उद्घाटन खेलमा साविक विजेता इङ्गल्याण्ड उपविजेता न्यूजिल्याण्डसँग ९ विकेटले पराजित भएको थियो ।  

बंगलादेशले अफगानिस्तानमाथि ६ विकेटको जितसहित ठोस शुरुआत गरेको थियो । आजको खेल जितेर इङ्गल्याण्ड लयमा फर्कन चाहन्छ भने बंगलादेश जितसहित सेमिफाइनल यात्रालाई बलियो बनाउन चाहन्छ । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो ।  

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 

अंक तालिका
२ अंकसहित न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र भारत क्रमशः पहिलोदेखि पाँचौँ स्थानमा छन् । 

अष्ट्रेलिया, अफगानिस्तान, नेदरल्याण्ड्स, श्रीलंका र इङ्गल्याण्डले खाता खोलेका छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ