- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसले इजरेलमा रहेका नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित रुपमा स्वदेश फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ ।
मंगलवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकले इजरेलमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा स्वदेश फर्काउन सरकारलाई आग्रह गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक रमेश लेखकले नेपाल आउन चाहाने नागरिकहरुलाई तत्काल उद्धार गरेर सुरक्षित स्वदेश फिर्ताको लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको बताए ।
त्यस्तै गरी युद्धमा परि बेपत्ता भएका नेपाली नागरिकहरुलाई खोजि गरेर उनको स्थितिलाई सार्वजनिक गर्न पनि आग्रह गरिएको छ ।
बैठकले इजरेलमा जोखिममा परेका मानिसहरुलाई उद्दार गरेर सुरक्षित स्थानमा राख्न, खान, बस्नको उचित व्यवस्था गर्न र हत्या भएका विद्यार्थीहरुको पार्थिव शरीरलाई तत्काल नेपाल ल्याएर परिवारजनलाई बुझाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।