arrow

हामी आदिवासी हौँ : पृथ्वीसुब्बा गुरुङ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
prithivi-subba-gurung-2080-10-23.jpg

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राज्यको भाषा भन्दा अलग्गै भाषा बोल्नेहरू नै नेपालका आदिवासी भएको बताएका छन् । तमु प्ये ल्हु सङ्घ केन्द्रीय समितिको ३१ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले राज्यले मान्ने धर्म भन्दा फरक धर्म मान्ने मानिसहरू नै आदिवासी भएको बताए । उनले नेपालमा केही समय अघिसम्म हिन्दु धर्म राज्यको धर्म रहेको र तत्कालीन समयमा हिन्दु राजाले मान्ने धर्म नै हिन्दु धर्म भएको बताए ।

 हिन्दु आर्य संस्कृतिको राजा भएकाले नेपालको राजकीय संस्कृति हिन्दु आर्य संस्कृति भएको दाबी गरे । उनले राज्यको धर्म भन्दा अलग्गै धर्म संस्कार मानेका मानव समुदाय नै आदिवासी भएको बताए । आदिवासी अझै पनि जातियतामा नगएको र जनजातिमै सीमित भएकाले आदिवासीमा सामूहिकता कायम रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ