arrow

श्रीलंकामाथि पाकिस्तानको सनसनीपूर्ण जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
rizwan-pakistan.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा पाकिस्तानले सनसनीपूर्ण जित हासिल गरेको छ । पाकिस्तानले हैदराबादमा भएको खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको हो । 

३४५ रनको कठिन चुनौती पाकिस्तानले १० बल खेल्न बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानका लागि मोहम्मद रिजवानले १२१ बलमा अविजित रहँदै १३१ रन बनाए । 

त्यस्तै अब्दुल्लाह शफिकले १०३ बलमा ११३ रन बनाए । 

यसअघि श्रीलंकाले ९ विकेटको क्षतिमा ३४४ रन बनाएको थियो । कुसल मेन्डिसले ७७ बलमा १२२ तथा सदीरा समराविकरामले ८९ बलमा १०८ रन बनाए । 

हसन अलीले ४ विकेट लिए । 

यो जितसँगै पाकिस्तानको सेमिफाइनल यात्रा बलियो बन्दै गएको छ । पाकिस्तानले लगातार दुई खेल जितेको छ । 

श्रीलंकाको भने सेमिफाइनल यात्रा कमजोर बन्दै गएको छ । श्रीलंकाले लगातार दोस्रो खेल हारेको छ । पहिलो खेलमा श्रीलंकाले दक्षिण अफ्रिकासँग कीर्तिमानी हार बेहोरेको थियो । 

विश्वकपकै सबैभन्दा बढी योगफल ४२८ रन श्रीलंकाले दक्षिण अफ्रिकालाई सुम्पेको थियो । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो ।  

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 

अंक तालिका
२ खेलबाट ४ अंकसहित न्यूजिल्याण्ड शीर्ष स्थानमा रहेको छ । पाकिस्तान पनि २ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

१ खेलबाट २ अंकसहित दक्षिण अफ्रिका तेस्रो, भारत चौथो, इङ्गल्याण्ड पाँचौँ तथा २ खेलबाट २ अंकसहित बंगलादेश छैटौँ स्थानमा छ ।  

अष्ट्रेलिया, अफगानिस्तान, नेदरल्याण्ड्स र श्रीलंकाले खाता खोलेका छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ