arrow

पोखरा-५ मा सेभेन ए साइड फुटबल र दौड प्रतियोगिता हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २४ बुधबार
Bishnu Baral.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ ले पहिलो पटक अन्तर टोल स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगिता तथा महिला पुरुष र ज्येष्ठ नागरिक खुला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । 

नेपालीहरुको महानपर्व विजयादशमी तथा शुभ दीपावलीको अवसर पारेर वडाले यी दुई प्रतियोगिता आयोजना गर्न लागेको हो । 

स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ आयोजित फुटवल प्रतियोगिता यहि असोज २६ गते सुरु भइ २८ गते समापन हुनेछ भने दौड प्रतियोगिता असोज २७ गते हुनेछ । 

दुवै प्रतियोगितामा पोखरा-५ मा स्थायी तथा अस्थायीरुपमा बसोबास गरेका वडावासीमात्र सहभागी हुन पाउने वडाध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए ।

सबै वडावासीलाई खेलसँग जोड्न प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

दौड प्रतियोगिताका संयोजक निरञ्जन खत्रीका अनुसार दौडमा १८ वर्ष माथिका र ज्येष्ठ नागरिक दौडमा ६० वर्षभन्दा माथिका व्यक्ति सहभागी हुन पाउनेछन् । 

दौडको तीन वटै इभेन्टका विजेताले छ हजार ६६६ रुपैयाँ, उपविजेताले चार हजार र तृतीय हुनेले दुई हजार ६६६ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

फटवल प्रतियोगितामा २४ टिमको सहभागिता गराउन प्रयास भइरहेको संयोजक प्रकाश पराजुलीले जानकारी दिए ।

फुटवल प्रतियोगिता विजेताले २६ हजार ६६६ रुपैयाँ र उपविजेताले १३ हजार ३३३ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने उनले बताए । 

वडासदस्य गोविन्द पराजुलीका अनुसार महिला पुरुष दौडको दूरी करिब सात दशमलव दुई किलोमिटर हुनेछ भने ज्येष्ठ नागरिकका लागि एक सय ५२ मिटर हुनेछ । 

वडासदस्य कल्पना भुवाञ्जीले पोखरा-५ खेलकुदको आधार भूमि भएको भन्दै फुटवल, फुटसल, बास्केटवल, व्याडमिन्टन, क्रिकेट, भलिवल, एथलेटिक्स लगायतका खेलकुदका पूर्वाधार विकासमा वडाले ध्यान दिँदै आएको बताइन् ।

वडासदस्य मणिराम बरालले पोखरा-५ खेलकुदका वडाको नामले परिचित रहेकाले खेलकुदको प्रतिष्ठा बढाउन निरन्तर अग्रसर रहेको बताए । 

वडासदस्य हरिमाया विकले दौड प्रतियोगितामा ५०० जना वडावासी सहभागी हुने अपेक्षा गरिएको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ