arrow

सिक्किममा बेपत्ता नेपालीको खोजी गर्न अपिल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २४ बुधबार
sikkim-flood-2023-10-07.jpg

इलाम । भारतको सिक्किममा बेपत्ता भएका इलामका पाँच जनाको खोजिका लागि भारतीय सुरक्षानिकायलाई अपिल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय इलामले भारतीय सुरक्षाकर्मीलाई खोजीका लागि अपिल गरेको हो । 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले भारतीय सुरक्षा अधिकारीलाई बेपत्ताबारे जानकारीसहित उनीहरुको खोजीका लागि अपिल गरिएको जानकारी दिए । 

असोज १७ गते टिस्टा नदीमा बाढी आएपछि सो क्षेत्रमा काम गर्न गएका इलामका पाँच जना सम्पर्कविहीन छन् । 

इलाम नगरपालिका-९ का सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुसी बस्नेत र कुमार बस्नेतल हालसम्म सम्पर्कविहीन छन् । 

बाढी गएको स्थानमा टेलिफोन र विद्युत् अवरुद्ध भएकाले सम्पर्क स्थापित हुन नसकेको भारतीय निकायले जानकारी गराएको प्रजिअ पोखरेलले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ