arrow

विश्वकप क्रिकेटमा अष्ट्रेलिया र दक्षिण अफ्रिका मैदानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २५ बिहिबार
worldcup-2023-aus-sa.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा अहिले अष्ट्रेलिया र दक्षिण अफ्रिका भिडिरहेका छन् । लखनउको मैदानमा टस जितेर अष्ट्रेलियाले पहिले फिल्डिङ गरेको छ । 

दुवैबीचको एक दिवसीय क्रिकेट निकै नै कडा हुने गरेको छ । दुवैले एक दिवसीय विश्वकपमा आपसमा ६ खेल खेलेका छन् । 

जसमा तीन पटक अष्ट्रेलियाले र दुई पटक दक्षिण अफ्रिकाले जितेको छ । एक खेल टाइ भएको छ । 

समग्रमा दुवैले एक दिवसीयमा १०८ खेल खेलेका छन् । अष्ट्रेलियाले ५० तथा दक्षिण अफ्रिकाले ५५ खेल जितेको छ । तीन खेल टाइ तथा एक खेल नतिजाविहीन भएको छ । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 

अंक तालिका
२ खेलबाट ४ अंकसहित न्यूजिल्याण्ड शीर्ष स्थानमा रहेको छ । २ खेलबाटै ४ अंकबाट भारत दोस्रो स्थानमा पुगेको छ । पाकिस्तान पनि २ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा रहेको छ । 

१ खेलबाट २ अंकसहित दक्षिण अफ्रिका तेस्रो, भारत चौथो, इङ्गल्याण्ड पाँचौँ तथा २ खेलबाट २ अंकसहित बंगलादेश छैटौँ स्थानमा छ ।  

अष्ट्रेलिया, अफगानिस्तान, नेदरल्याण्ड्स र श्रीलंकाले खाता खोलेका छैनन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ