arrow

विश्वकप क्रिकेटमा न्यूजिल्याण्ड र बंगलादेश खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २६ शुक्रबार
worldcup-cricket-india-2023.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको ११ औँ खेलमा आज बंगलादेश र न्यूजिल्याण्ड खेल्दैछन् । 

खेल चेन्नईमा दिउँसो २ः१५ बजेदेखि शुरु हुँदैछ । न्यूजिल्याण्ड निकै नै लयमा रहेको छ । आजको खेलमा अझ फराकिलो जित हासिल गर्दै न्यूजिल्याण्ड कीर्तिमान राख्ने योजनामा हुनेछ भने बंगलादेश सेमिफाइनल सम्भावना कायमै राख्न महत्वपूर्ण दुई अंक बटुल्न चाहन्छ । 

हेड टु हेडमा अहिलेसम्म दुवैले आपसमा ४१ खेल खेलेका छन् । जसमा ३० खेल न्यूजिल्याण्डले र १० खेल बंगलादेशले जितेको छ । एक खेल नतिजाविहीन रह्यो । 

विश्वकपमा आपसमा पाँच खेल भएका छन् । सबैमा न्यूजिल्याण्ड विजयी भएको छ । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 

अंक तालिका
२ खेलबाट ४ अंकसहित दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेको छ । २ खेलबाट ४ अंकबाटै न्यूजिल्याण्ड दोस्रो स्थानमा रहेको छ । २ खेलबाटै ४ अंकको भारत तेस्रो स्थानमा छ । पाकिस्तान २ खेलबाट ४ अंकसहित चौथो स्थानमा रहेको छ । 

२ खेलबाट २ अंकसहित इङ्गल्याण्ड पाँचौँ तथा २ खेलबाट २ अंकसहित बंगलादेश छैटौँ स्थानमा छ ।  

श्रीलंका, नेदरल्याण्ड्स, अष्ट्रेलिया र अफगानिस्तानले अंकको खाता खोलेका छैनन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ