arrow

खेलकुदमन्त्री लिम्बूलाई मातृशोक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २६ शुक्रबार
DIk-Bahadur-Limbu-morong-nc.jpg

काठमाडौं।  युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङका सभापति एवं मोरङ क्षेत्र नं १ का सांसद लिम्बूकी आमाको आज निधन भएको हो ।

लेटाङ–६ गुवाबारी निवासी लिम्बूकी आमा हंसनुमा लिम्बूको एक सय एक वर्षको उमेरमा आज बिहान आफ्नै निवास निधन भएको हो । 

उनको पार्थिव शरीरलाई धार्मिक संस्कारअनुसार आज दिउँसो लेटाङ घाटमा अन्तिम दाहसंस्कार गरिने नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव ललितबहादुर श्रेष्ठले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ