arrow

शतप्रतिशत नतिजासहित न्यूजिल्याण्ड शीर्ष स्थानमा, बंगलादेश पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २६ शुक्रबार
worldcup-2023-nz-bang.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको ११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । निकै लयमा देखिएको न्यूजिल्याण्डले बंगलादेशलाई हरायो । 

चेन्नईमा भएको खेलमा न्यूजिल्याण्ड ८ विकेटले विजयी भयो । खेलमा पहिले ब्याटिङ गरेको बंगलादेशले ९ विकेटको क्षतिमा २४५ रन बनायो । ५६ रन जोड्दा ४ विकेट गुमाएको बंगलादेशका लागि मुश्फिकर रहिमले ६६, महमुल्लाहले अविजित रहँदै ४१ तथा कप्तान शकिब अल हसनले ४० रन बनाए । 

लक्कि फर्गुसनले ३ तथा ट्रेन्ट बोल्ट र माट् हन्रीले २–२ विकेट लिए । 

जवाफमा न्यूजिल्याण्डले ४२.५ ओभरमा २ विकेटको क्षतिमा जित हासिल गर्यो । ड्यारिल मिचेलले ६७ बलमा ८९ तथा कप्तान केन विलियमसन रिटायर्ड हर्ट हुनुपूर्व १०७ बलमा ७८ रन बनाए । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 

अंक तालिका
३ खेलबाट ६ अंकसहित न्यूजिल्याण्ड शीर्ष स्थानमा रहेको छ । २ खेलबाट ४ अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ । २ खेलबाट ४ अंकबाटै भारत तेस्रो स्थानमा छ । पाकिस्तान २ खेलबाट ४ अंकसहित चौथो स्थानमा रहेको छ । 

२ खेलबाट २ अंकसहित इङ्गल्याण्ड पाँचौँ तथा ३ खेलबाट २ अंकसहित बंगलादेश छैटौँ स्थानमा छ ।  

श्रीलंका, नेदरल्याण्ड्स, अष्ट्रेलिया र अफगानिस्तानले समान २ खेलबाट अंकको खाता खोलेका छैनन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ