arrow

दोस्रो ‘साइकल प्लाङक ब्यालेन्स’ को उपाधि मनिकलाई

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०८० असोज २७ शनिबार
cycle-plank-balance-2080.jpg

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा सम्पन्न दोस्रो ‘साइकल प्लाङक ब्यालेन्स’ (पानी माथि ट्रयाक बनाएर खेलिने खेल) को उपाधि बुटवलका मनिक श्रेष्ठले जितेका छन् ।

गत वर्ष नेपालमै पहिलो पटक यस्तो खेल आयोजना गरेर ख्याती कमाएको लायन्स क्लव अफ कपिलवस्तुले उक्त प्रतियोगिताको दोस्रो संस्करण गरेको हो । जिल्लामा खेलकुद सङ्गै पर्यटनको विकास गर्नको लगि यस प्रतियोगितालाई निरन्तरता दिएको आयोजकले  बताएको छ ।

विजेता श्रेष्ठले १ मिनेट ५६ सेकेण्डमा उक्त क्षेत्र पार गरेका थिए । बुटवल गोलपार्क निवासी एभरेष्ट स्कुलमा कक्षा ६ मा अध्ययनरत श्रेष्ठले सानो उमेरमा स्लो साइकल प्रतियोगितामा जित हात पारी साइकल नै प्राप्त गरेका थिए । विजेता श्रेष्ठका बुवा बसिन्द्र श्रेष्ठले आफ्नो छोरालाई बच्चैदेखि साइकलमा रुची रहेको बताए ।

त्यस्तै उक्त प्रतियोगीतामा धरानका अनिश तामाङ द्धितीय हुन सफल भएका छन् । उनले १ मिनेट २५ सेकेण्डमा पार गरेका थिए । त्यस्तै बनगाईका सुभम भट्टराईले १ मिनेट ४० सेकेण्डमा पानी क्षेत्र पार गरेको प्रतियोगिताका संयोजक बिष्णुप्रसाद घिमिरेले जानकारी दिए । यस पटक ढिला पार गर्नेलाई उत्कृष्टको रुपमा मुल्यांकन गरिएको छ । प्रतियोगितालई थप रोचक बनाउनको लागि विश्व साइकलयात्री अजित बरालको पनि सहभागीता रहेको थियो ।

खेलको लागि आवश्यक टिसर्ट, हेलमेट, लाइफ ज्याकेट लगायतका सुरक्षाका सामग्री, पिउने पानी, साइकल नहुनेका लागि साइकल क्लबले नै व्यवस्थापन गरेको क्लबका अध्यक्ष ओमप्रकाश घिमिरेले जानकारी दिए । 

प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्धितीय हुनेले २५ हजार र तृतीयले १५ हजार र अन्यले सान्त्वना स्वरुप पुरस्कार प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ