arrow

विश्वकप क्रिकेटमा इङ्गल्याण्ड–अफगानिस्तान आमने सामने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २८ आइतबार
england-afg-2023-10-15.jpeg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको १३ औँ खेलमा आज इङ्गल्याण्डले अफगानिस्तानसँग खेल्दैछ । खेल दिउँसो २ः१५ बजे दिल्लीको अरुण जेट्ली मैदानमा हुँदैछ । 

यो त्यही मैदान हो जहाँ दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध कीर्तिमानी ४२८ रन बनाएको थियो । इङ्गल्याण्डलाई पनि त्यो मौका रहेको छ । 

इङ्गल्याण्डका लागि जारी विश्वकपमा डेविड मलानले १५४ रन बनाएका छन् । जो रुटले १५९ रन बनाएका छन् । जोस बटलरले २ खेलमा ६३ रन बनाएका छन् ।

त्यस्तै अफगानिस्तानका लागि हशमतुललाह शहिदीले ९८, रहमनुल्लाह गुरबाजले ६८ रन बनाएका छन् । अलराउन्डतर्फ ओमरजईले १ विकेट लिँदै ८४ रन बनाएका छन् । स्याम करणले भने २ विकेट लिएर २५ रन बनाएका छन् । मोइन अलीले १ खेलमा ११ रनमात्र बनाएका छन् । विकेट लिएका छैनन् । 

बलिङतर्फ राशिद खानले २ विकेट लिएका छन् । फजलहक फारुकीले १ विकेट लिएका छन् । उता रिस टोप्लीले ४ विकेट लिएका छन् । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।

–१२ औँ खेलमा भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । १९२ रनको चुनौती भारतले ३०.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारत अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग पराजित भएको छैन । यो लगातार आठौँ जित हो ।

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 

अंक तालिका
३ खेलबाट ६ अंकसहित भारत शीर्ष स्थानमा पुगेको छ । ३ खेलबाट ६ अंकसहित न्यूजिल्याण्ड दोस्रो स्थानमा रहेको छ । २ खेलबाट ४ अंकसहित दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । पाकिस्तान ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा रहेको छ । 

२ खेलबाट २ अंकसहित इङ्गल्याण्ड पाँचौँ तथा ३ खेलबाट २ अंकसहित बंगलादेश छैटौँ स्थानमा छ ।  

श्रीलंका, नेदरल्याण्ड्स, अष्ट्रेलिया र अफगानिस्तानले समान २ खेलबाट अंकको खाता खोलेका छैनन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ