arrow

वैजापुरमा मिनिबस कन्टेनरमा ठोक्किँदा १२ को मृत्यु, २३ घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २८ आइतबार
accident-final-1618290232.jpg

नयाँदिल्ली । भारतको पश्चिमी राज्य महाराष्ट्रमा आइतबार बिहानै एउटा मिनिबस कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएको प्रहरीले बताएको छ । 

महाराष्ट्रको राजधानी मुम्बईबाट दुई सय ६८ किलोमिटर पूर्व छत्रपति सम्भाजीनगर जिल्लाको वैजापुर क्षेत्रमा समृद्धि एक्सप्रेसवे दुर्घटना भएको हो । 

दुर्घटनाको समयमा मिनिबसमा ३५ यात्रु रहेको समाचार छ । प्रहरीका अनुसार घटनास्थलबाट शवहरू निकालिएको छ । प्रहरीले दुर्घटनाको अनुसन्धान शुरू गरेको जनाएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ