- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठाडौँ । नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट साट्न थालेको छ । दशैँ, तिहारका लागि सर्वसाधारणका लागि चाहिने नयाँ नोट आजबाट बैंकले दिएको हो ।
नयाँ नोट काठमाडौँ उपत्यकामा वाणिज्य बैङ्कका केन्द्रीय कार्यालयमा पाइन्छ । त्यस्तै उपत्यकाबाहिर प्रादेशिक कार्यालयले बाँड्न थालेको छ ।
प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैङ्कले सर्वसाधारणलाई नयाँ नोट दिएको छ ।
पहिले विकास बैंक र फाइनान्स कम्पनीबाट पनि सटही हुन्थे । त्यसबाहेक बैंकका हरेक शाखाहरुबाट वितरण हुन्थ्यो ।
यसपालि राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरुबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ।
केही बैंकहरुले नोट सटही गर्ने शाखाहरुको सूची निकालेका छन् । बैंकमा नयाँ नोट साट्न लाइनमा बस्नु परेको छ ।